२०८३ असार १९, शुक्रबार १४:३७

गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विरोध गर्दै विज्ञप्ति सार्वजनिक गरेका छन्।

नगरपालिकाद्वारा जारी विज्ञप्तिअनुसार असार १८ गते शुक्रबार बेलुका करिब ५ बजे गौशाला नगरपालिकाको कार्यालय परिसरमा ड्युटीमा रहेका ८ जना राष्ट्रसेवक नगर प्रहरीमाथि सूचना नदिई नेपाल प्रहरी टोली कार्यालयमा प्रवेश गरी धरपकड तथा शारीरिक हस्तक्षेप गरेको घटनाप्रति कर्मचारीहरूले गम्भीर आपत्ति जनाएका छन्।

विज्ञप्तिमा उक्त घटनाले नगरपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको छ। स्थानीय सरकार सञ्चालनका क्रममा कानुनबमोजिम खटिएका नगर प्रहरीमाथि भएको व्यवहारले कर्मचारीहरू असुरक्षित महसुस गरेको पनि जनाइएको छ।

कर्मचारीहरूले नगर प्रहरीलाई तत्काल अविलम्ब रिहा गर्न, घटनाको निष्पक्ष छानबिन गर्न तथा नगरपालिकाअन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

Comment


Related News

Latest News

Trending News