२०८३ असार १९, शुक्रबार १५:५१

इन्डोनेसियाको चर्चित ब्रान्ड आईचाको फ्रेन्चाईजी अब जनकपुरधाममा पनि उपलब्ध भएको छ । नेपालमै पहिलो पटक आईचाको उत्पादनहरु जनकपुरधाममा शुक्रबार (आज)बाट विक्रि वितरण शुरु भएको प्रोपराईटर यसवर्धन सर्राफले जानकारी दिए ।

जनकपुरधामको मिल्स ऐरियामा आजबाट सुरु भएको आईचा आईसक्रिम र टिको स्टोरले आईचाको मापदण्ड बमोजिम सर्भिस दिने प्रोपराईटर सर्राफले बताए । उनले उक्त ब्रान्ड ३३ वटा देशमा रहेको र यस्को २००० भन्दा बढि आउटलेट स्टोरहरु रहेको प्रोपराईटर सर्राफले जानकारी दिए । पहिलो पटक नेपालमै आईचालाई भित्र्याउन सफल भएकोमा उनले जनकपुरवासीकै लागि गर्वको कुरा भएको सर्राफले धारणा राखे ।

आईचाको आईसक्रिम, विभिन्न प्रकारको चिया र कफि अटोमेटिक तरीकाले निश्चित मापदण्ड बमोजिम निर्माण हुने भएकोले संसारभरी रहेको जुनसुकै आईचाको स्टोरमा जाँदा एक समान स्वाद पाउने सर्राफले दाबी गरेका छन् । उनले जनकपुरधाम क्षेत्रलाई मध्ये नजर गर्दै हरेक खाने र पिउने सामानहरुको दाम किफाईती रहेको बताए ।

आईचाले जनकपुरधाम पछि केही दिनभित्रै काठमान्डौ र पोखरामा पनि स्टोर स्थापना गर्ने तयारी गरेको सर्राफको भनाई छ ।

Comment


Related News

Latest News

Trending News