२०८३ असार २०, शनिबार १६:११

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट नेपाललाई बाहिर निकाल्न प्रयासरत रहेको बताउनुभएको छ ।

शनिबार राष्ट्रियसभा बैठकमा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सम्पत्ति शुद्धीकरण -मनी लाउण्डरिङ्ग) निवारण -तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोसÆ भन्ने प्रस्ताव माथिको छलफलका क्रममा मन्त्री वाग्लेले समयमा नै नेपाललाई ग्रे लिस्टबाट बाहिर ननिकाले ब्ल्याक लिष्टमा पर्न सक्नेतर्फ सरकार सहज रहेको समेत बताउनुभयो ।

उहाले वर्तमान सरकार गठन भएपछि एफएटीएफका १५ वटा कार्ययोजनामा निकै प्रगति भएको समेत धारणा राख्नुभयो ।

सम्पत्ति शुद्धीकरणजस्तो शक्तिशाली ऐनलाई राजनैतिक अभीष्टका लागि दुरुपयोग गरिएमा ग्रे लिस्टबाट बाहिर निस्कने सम्भावना झन् क्षीण हुने भएकाले सरकार यस विषयमा विशेष सतर्क रहेको उहाले बताउनुभयो ।

बैठकले सम्पत्ति शुद्धीकरण -मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोसÆ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

Comment


Related News

Latest News

Trending News