२०८३ असार २२, सोमबार ०६:०८

चालू आर्थिक वर्ष २०८२/०८३ मा उच्च अदालत जनकपुरले दुई हजार बढी मुद्दा फछ् र्योट गर्न सकेन ।

उच्च अदालतले सार्वजनिक गरेको तथ्यांक अनुसार जिम्मेवारी सरि आएको २ हजार २६७ र नयाँ दर्ता भएको ४ हजार १६१ गरि कुल ६ हजार ४२८ मुद्दा मध्ये ४ हजार ३३० मुद्दा फर्छाैट भई २ हजार ९८ मुद्दा फर्छाैट हुन बाँकी रहेको छ । कुल मुद्दा मध्ये ६७.३६ प्रतिशत फर्छाैट भएको छ लक्ष्यको ९७.२४ प्रतिशत फर्छाैट भएको तथ्यांकमा दाबी गरिएको छ ।

त्यस्तै दुई वर्षभन्दा पुरानो मुद्दा शून्यमा झरेको छ । तथ्यांक अनुसार दुई वर्ष नाघेको मुद्दा शून्यमा झरेको छ भने १८ महिनादेखि दुई वर्षभित्रको मुद्दाको संख्या १३ वटा रहेको छ । यस्तै, एक वर्षदेखि डेढ वर्षभित्रको ३८७ वटा मुद्दा बाँकी रहेको छ । अदालतका रजिष्ट्रार विश्वजंग सिजापतिले जिम्मेवारी सरी आएको र नयाँ दर्ता मुद्दामध्ये २ हजार ९८ वटा फछ्र्योट हुन बाँकी रहेको जनाएको छ ।

उच्चले यस आर्थिक वर्षको फछर्यौट लक्ष्य ४ हजार ५४६ वटा राखेकोमा असार १९ गतेसम्म ४ हजार ३३० रहेको छ । अदालतका कायम मुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरको इजलाशले १ हजार ३१० वटा मुद्दाको फछ्र्योट गरेको छ ।

त्यसैगरि, न्यायाधीशहरु टीकाराम आचार्यले १ हजार ११५, जगदिश घिमिरेले ९४६, राजुराम सिलवालले ८९६, कृष्णप्रसाद सुवेदीले ८४६, कैलासप्रसाद सुवेदीले ८२६, फुर्पा तामाङले ७२३, मुरारीबाबु श्रेष्ठले ६८४, कमलप्रसाद पोखरेलले ६५९ र श्यामकुमार भट्टराईले ५७८ मुद्दाको फछ्र्योट भएको रजिष्ट्रार विश्वजंग सिजापतिले बताए ।

Comment


Related News