अपडेट 
२०७७ बैशाख ३१, बुधबार ०८:२९

जनकपुरधाम ।नेपालको भूमी लिपुलेक मिचेर सडक बनाइएको बिरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने एक दर्जन विद्यार्थी नेतालाई मंगलबार साँझ जनकपुरधामबाट प्रहरीले पक्राउ गरेको छ ।

सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन (अनेरास्वबियू) का नेताहरुले पुत्ला दहन गर्नै लाग्दा प्रहरीले हस्तक्षेप गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

स्थानीय रमानन्द चोकमा मोदीको पुत्ला जलाउने क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

विद्यार्थी नेता आनन्द झा, रिक्की यादव, राजन झा, आरपी यादवसहितकालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, धनुषा लगेको छ ।

Comment


Related News

Latest News

Trending News