अपडेट 
२०७७ बैशाख ३१, बुधबार ०८:३२

सिरहा । प्रदेश २ को सिरहा र धनुषाबाट तीन जना युवकलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।

सिरहाको भगवानपुर गाउँपालिका ३ लालपुर टोलस्थित इनर्वा भगवानपुर कच्ची बाटोबाट एक जनालाई लागूऔषधसहित पक्राउ गरिएको छ ।

ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको सादा पोशाक टोलीले दक्षिणबाट उतरतर्फ आउँदै गरेको बीआर३२एक्स ८४६१ नम्बरको मोटरसाइकलमा सबार भगवानपुर गाउँपालिका ३ का १९ बर्षीय परितोष कुमार यादब र पछाडि सवार १९ बर्षकै कृचनशरण यादवलाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध डाईलेक्स डि.सि.१०० एमएलको ३० बोतल बरामद भएको छ ।

यस्तै, धनुषाको नगराईन नगरपालिका ६ बाट एक युवक लागूऔषधसहित पक्राउ परेका छन् । प्रहरी चौकी डेविडियाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सोही ठाउँका २४ बर्षीय अशोक कुमार मण्डललाई पक्राउ गरेको छ । उनको साथबाट एक्सिप्लोन सिरफ २ बोतल, नाईट्राभेट ३१ ट्यावलेट र स्पास्मो प्रोक्सिभोन क्याप्सुल ३ वटा बरामद भएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News