२०८३ असार २४, बुधबार १९:३७

सर्लाही, २४ असार । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले गृहजिल्ला सर्लाहीमा मङ्गलबार र बुधवार होटल तथा खाजा घरहरूको अनुगमन गरि दुई दर्जन भन्दा माथि होटलहरु माथि कारवाही गर्नु भएको छ ।

स्थानीय प्रशासन, प्रहरी र प्राविधिक टोली सहित लालबन्दी, हरिवन, नयाँरोड, बागमती, बरहथवा र सदरमुकाम मलंगवामा संचालनमा रहेका होटल, खाजा घर र बर्गर हाउसको भान्सा कोठामा आफै पुगेर खानाको गुणस्तर, खानेतेल, सरसफाई, बिलविजक, व्यवसाय दर्ताको प्रमाण पत्र र नविकरण भएनभएको विषयमा अनुगमन गर्नु भएका छन ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले उपभोक्ताको स्वास्थ्यको ख्यालमा राखेर गएको दुईदिन देखि होटल र खाजा घरहरुको अनुगमन गरेका थिए । चार दर्जन भन्दा बढी होटलको निरीक्षण गर्दा दुई दर्जन भन्दा बढि होटलहरु कारवाहीमा परेको अनुगमन टोलीले जनाएको छ ।

अनुगमनका क्रममा अधिकांश होटलले गुणस्तरहीन खाना बिक्री गर्ने, खाना पकाउने भान्सामा सरसफाइमा ध्यान नदिने तथा अस्वस्थकर तरिकाले खाद्य सामग्री प्रयोग गर्ने र म्याद नाघेका खाध्य पदार्थ विक्रीवितरण गरेको भेटिएको मन्त्री महतोले बताउनुभयो । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गतिविधि गरेको पाइएपछि दुई दर्जन भन्दा बढि होटल तथा मिठाई पसललाई नगद जरिवाना गरिएको जनाएको छ ।

गुणस्तरहीन खाना बिक्री गर्ने, पटक–पटक प्रयोग गरिएको खराब तेलमा खाना पकाउने तथा सरसफाइका मापदण्ड पालना नगर्ने होटलबाट पाचलाख बराबरको जरिवाना असुल गरिएको बताएको छ । व्यवसाय दर्ता नगरी वा नविकरण नभएका होटल तथा खाजा घरलाई एकचोटीका लागि आवश्यक कागजात बनाउनलाई एक चोटीका लागि सचेत गराएर छाडिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार अस्वस्थकर तेल, अखाद्य खाद्य सामग्री तथा कुहिन थालेका तरकारी तत्काल नष्ट गर्न लगाइएको छ । अनुगमनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री महतोले नागरिकको स्वास्थ्य सुरक्षा गर्नु सरकारको दायित्व भएको बताउनु भयो । होटलमा गुणस्तरीय र सुरक्षित खाना पाइने अपेक्षा सहित पुग्ने सेवाग्राही माथि हुने यस्तो लापरवाही स्वीकार्य नहुने उहाँको भनाइ थियो ।

अधिकांश होटलमा गुणस्तरहीन खाना, सरसफाइको अभाव र अस्वस्थकर तेलको प्रयोग जस्ता गम्भीर लापरवाही फेला परेकालाई एकलाख सम्म जरिवाना गरिएको छ । सरसफाई र म्याद नाघेका वस्तु फेला परेकालाई १५ देखि २० हजार सम्म जरिवाना गरि एकचोटीका लागि छाडिएको उनले भने । अर्को चोटी अनुगमन गर्दा सरकारले तोकेको मापदण्द अनुसार नभेटेको खण्डमा वा अस्वस्थ्यकर खानेकुरा भटिए त्यस्ता होटल र खाजा घरलाई सिल गरिने वहाले चेतावनी समेत दिनुभयो ।

अखाध वस्तु तथा अस्वस्थ्यकर खानेकुरा खाएर मधेशका जनता बिमारीको सिकार हुन थालेपछि होटलहरुको अनुगमनलाई तिव्र पारिएको गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले बताउनु भयो । सडेगलेका खाने कुरा खाएर केन्सर जस्ता घातक रोग लाग्ने भएको हुनाले आफुले अनुगमनको कार्यलाई निरन्तरता दिएको गृहमन्त्री महतोको भनाई छ ।

Comment


Related News

Latest News

Trending News