अपडेट 
२०७७ बैशाख ३१, बुधबार ११:२७

जनकपुरधाम । जनकपुरका एकजना पत्रकारलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्थानीय टेलिभिजनमा कार्यरत उनलाई कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेशमा राखिएको स्रोतले जनाएको छ ।

पत्रकारलाई पनि कोरोना संक्रमण देखिएपछि जनकपुरका पत्रकारहरु त्रसित बनेका छन् । पत्रकारसँगै एक पुस्तक व्यवसायीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित पत्रकारको सम्पर्कमा अरु धेरै पत्रकार पनि रहेकोले उनीहरुको पनि परीक्षणको तयारी गरिएको छ । यसअघि पर्साका पत्रकारमा पनि कोरोना संक्रमणको पुष्टि भैसकेको छ ।

Comment


Related News

Latest News

Trending News