२०८३ असार २५, बिहीबार ०८:०३

जबर जस्ती करणी तथा ठगीको आरोपमा जनमत पार्टी सप्तरीका कोषाध्यक्ष नरेश अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीविरुद्ध परेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी हेमराज घिमिरेका अनुसार अधिकारीविरुद्ध जबरजस्ती करणी र ठगीसम्बन्धी उजुरी दर्ता भएपछि उनलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।

प्रहरीका अनुसार सप्तरीको महादेवा गाउँपालिका–२ निवासी अधिकारी केही दिनदेखि फरार रहेका थिए । खोजतलासका क्रममा उनलाई मंगलबार दिउँसो महादेवापट्टी क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Comment


Related News