२०८३ असार २६, शुक्रबार १२:०१

नेपाली बजारमा शुक्रबार (असार २६) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा दुई हजार ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

योसँगै छापावाल सुनको मूल्य तोलाको दुई लाख ८७ हजार ४०० रुपैयाँ कायम छ । बिहीबार (असार २५) छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १७० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको चार हजार ५१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

Comment


Related News