२०८३ असार २८, आईतवार ०७:३५

पर्साको वीरगञ्ज महानगरपालिकाको मुख्य सडक क्षेत्रमा सडक विस्तारको क्रममा एक सातामा करिब ३ सय घर भत्काइएको छ ।

सडक डिभिजन हेटौँडाका इञ्जिनियर तथा वीरगञ्जका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादले जनाए अनुसार गण्डकदेखि घण्टाघरसम्म र मितेरी पुलदेखि वीरगन्ज उद्योग वाणिज्य संघको भवनसम्म गरेर यति परिमाणमा भवन भत्काइएको छ ।

फोकल पर्सन प्रसादले हाल परिचालित ६ वटा डोजरले दैनिक ५० देखि ६० वटासम्म घर भत्काइरहको बताए । कुल ८ किलोमिटर सडक क्षेत्रमा घर भत्काउनु पर्नेमा करिब ६ किलोमिटर क्षेत्रको घर भत्काएर हटाइसकिएको उनको भनाइ छ । उनले बाँकी रहेको २ किलोमिटर सडक क्षेत्रमा सडक भत्काउने काम पनि क्रमशः जारी रहने बताए ।

भत्काउन बाँकी रहेको बजार क्षेत्रका केही घरधनीले आफ्नो भवनको संरचना आफै हटाइरहेकाले यस क्षेत्रमा काम गर्न त्यति कठिनाइ नहुने उनले बताए ।

Comment


Related News