२०८३ असार २८, आईतवार १५:२०

इरानले आइतबार स्ट्रेट अफ होर्मुज बन्द गरिएको घोषणा गर्दै स्वीकृत समुद्री मार्गबाहिर यात्रा गरेको एक जहाजमाथि आक्रमण गरिएको जनाएको छ । साथै, यस घटनालाई लिएर कुनै पनि प्रतिकारात्मक कारबाही गरिए त्यसको कडा जवाफ दिइने चेतावनी पनि दिएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को नौसेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो ट्र्याकिङ प्रणाली बन्द गरेर समुद्री सुरक्षामा जोखिम उत्पन्न गरेको एउटा जहाजमाथि आक्रमण गरी त्यसलाई रोकिएको छ ।’ यद्यपि, उक्त जहाजको परिचय वा अन्य विवरण भने सार्वजनिक गरिएको छैन ।

आईआरजीसीले जारी गरेकाे विज्ञप्तिअनुसार केही जहाजहरूले अनधिकृत समुद्री मार्ग प्रयोग गर्दै होर्मुजपार गर्ने प्रयास गरेका थिए र आफ्नो मार्ग सच्याउन दिइएको चेतावनीलाई बेवास्ता गरेका थिए ।

आईआरजीसीले अमेरिकी हस्तक्षेप अन्त्य नभएसम्म र अर्को सूचना जारी नभएसम्म होर्मुज जलडमरूमध्य बन्द रहने जनाएको छ ।

इरानविरुद्ध हुने कुनै पनि आक्रामक गतिविधिको कडा जवाफ दिइने र यस क्षेत्रमा रहेका शत्रुपक्षका नयाँ सैन्य अड्डाहरूलाई पनि निशाना बनाइने आईआरजीसीको नौसेनाले चेतावनी दिएको छ ।

उता, अमेरिकी वरिष्ठ अधिकारीहरूका अनुसार अमेरिकाले इरानसँग होर्मुज जलडमरूमध्य हुँदै गुड्ने जहाजहरूमाथि हुने आक्रमण रोक्ने सार्वजनिक प्रतिबद्धता जनाउन र जलमार्गका सबै लेन कुनै शुल्क नलिई निर्बाध रूपमा सञ्चालन हुने सुनिश्चित गर्न माग गरेको छ ।

Comment


Related News

Latest News

Trending News