२०८३ असार ३०, मंगलवार १२:२५

जल तथा मौसम विज्ञान विभागले लगातारको वर्षाले गर्दा नदीहरूमा बाढीको जोखिम बढेको जनाएको छ ।

बागमती र गण्डकी प्रदेशको दक्षिणी भेग वर्षाका कारण बढी प्रभावित भएको र अन्य स्थानमा पनि लगातार बर्षा भएकाले नदीहरूमा बाढीको जोखिम बढेको र केहि स्थानमा पहिरो समेत गएको बिभागले जानकारी दिनुभयो । वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले हाल कोशी, बागमती, गण्डकी, मधेश र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा मनसुन बढी सक्रिय देखिएको जानकारी दिनुभयो । बागमती प्रदेशको चितवन आसपास र गण्डकी प्रदेशको दक्षिणी भेगमा विगत २४ घण्टामा भारी देखि धेरै भारी वर्षा भएको उहाले बताउनुभयो ।

उहाले लगातारको वर्षाले गर्दा नदीहरूमा बाढीको जोखिम बढेको र विगत २–३ दिनदेखि पानी धेरै परेकाले जमिन गलेकाले पहिरो जाने क्रम चलिरहेको उल्लेख गर्नुभयो ।

खासगरी तराईका खहरे खोलाहरू र हिमाल देखि बगेर आउने हिम नदीहरूको आसपास रहेका बस्तीहरूमा बाढीको खतरा रहेकाले त्यहाँका बासिन्दा सजग हुनुपर्ने देखिएको बिभागले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News