२०८३ श्रावण २, शनिबार १४:०३

सप्तरीको राजविराजस्थिति जिल्ला कारागारका केदीबन्दीहरु आन्दोलित बनेपछि अवस्था तनावग्रस्त बनेको छ ।

जेलर रूपक मण्डलको सरुवा माग गर्दै तीनदिन देखि उनीहरु आन्दोलित बनेका हुन् । त्यसमध्ये पाँच जनाले मट्टीतेल खन्याएर आत्मदाहको प्रयास समेत गरेका छन् ।

जेलर मण्डलले चौकीदार नियुक्तिमा ठूलो आर्थिक चलखेल गरेको भन्दै निष्पक्ष छानबिनको माग कैदीबन्दीहरूको छ। शनिबार दुई समूहको आन्दोलन थप चर्किएपछि प्रहरीले बल प्रयोग गर्न खोज्दा तनाव बढेको थियो ।

त्यही क्रममा पाँचजना कैदीबन्दीले आत्मदाहको प्रयास गरेका हुन् । तर प्रहरी पछि हटेपछि अन्य कुनै क्षति भने भएन।

जेलर मण्डलका अनुसार अहिले सम्झाइ बुझाइ गरेपछि अवस्था सामान्य बनेको छ । उनले आफूमाथि लागेका आरोपहरुमा छानबिन गरे आफू सहयोग गर्न तयार रहेको बताएका छन्।

Comment


Related News

Latest News

Trending News