२०८३ श्रावण ३, आईतवार १८:०६

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपालको राजनीति दिशाहीन, विधिहीन र थितिविहीन ढंगले चलिरहेको टिप्पणी गर्नुभएको छ ।

पार्टी संसदीय मामिला विभागको आयोजनामा पार्टी कार्यालयमा आइतबार सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भदौ २३ र २४ पछि मुलुकको राजनीति दिशाहीन भएको टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले लोकतन्त्रमा सरकार परिवर्तन गर्ने कानुनी र संवैधानिक बाटा भएपनि अहिलेको सरकार निर्माणको प्रारम्भ नै हत्या हिंसा, तोडफोड, कब्जा आगजनीको आधारबाट बनेको आरोप समेत लगाउनुभयो । उहाँले कुनै कुराको टिप्पणी गर्दा तर्क संगत बहस नगरी आक्रमणमा उत्रने अहिलेको सरकार को परिपार्टी देखिएको बताउनुभयो । अध्यक्ष ओलीले अहिलेको सरकार क्रान्तीबाट नभइ विध्वसंबाट आएको आरोप लगाउँदै सरकारले समाजिक संजालमा अफवाहा फैलाउने काम गरेको समेत टिप्पणी गर्नुभयो । ओलीले सरकारले मिटर ब्याज पीडितलाई फेरि सरकारले धोका दिएको बताउदै अर्थतन्त्र उकास्ने काम नभएको गरिबी निवारण गरेर जानुपर्ने ठाउँमा गरिबलाई डुबाउने काम भएको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले एमालेलाई योजनाबद्ध रूपमा अलोकप्रिय बनाउन खोजिएको भन्दै जनताका समस्याहरू उठाएर पुनः जनविश्वास जित्नुपर्नेमा जोड दिनुभयो। आगामी दिनमा देश र जनताका पिरमर्काहरूलाई संसद्मा सशक्त रूपमा उठाउन सांसदहरूलाई निर्देशन दिनुभयो।

अध्यक्ष ओलीले आइटीवारमा एमाले पछि परेको भन्दै प्रविधिको प्रयोग गरेर अघि बढ्न सकेमात्र सफलतामा पुगिने बताउनुभयो । कार्यक्रममा भर्चुअल दुनियाँको अन्तरसंघर्षमा एमाले पछाडि परेको टिप्पणी गर्दै सूचना प्रविधि र डिजिटल माध्यमको महत्व बढिरहेकाले सोही अनुसारको स्वकीय सचिव राख्नुपर्ने सांसदहरुले सुझाव दिएकाछन ।सांसदहरुले संसदभित्र राखिने धारणा र गतिविधिलाई डिजिटल माध्यमबाट पनि प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याए ।

Comment


Related News

Latest News

Trending News