२०८३ श्रावण ३, आईतवार १८:४४

निरन्तरको वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव तीव्र गतिमा बढ्दै गएको स्थानीय प्रशासनले जनाएको छ।

पानीको बहाव र जलस्तर तीव्ररूपमा गएपछि २८ वटा फाटक (ढोका) खोलिएको छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार हजारौँ क्यूसेकको रफ्तारमा पानीको बहाव बढ्दै गएको हो।

सप्तरी प्रशासनले दिएको जानकारीअनुसार दिउँसो २ बजेसम्म एक लाख ८१ हजार ६ सय क्युसेक रहेकोमा दिउँसो ४ बजेसम्म एक लाख ९० हजार ३९० क्युसेकको रफ्तारले बढेको छ।

पानीको बहावसँगै जलस्तर बढ्दै गएपछि कोसीका ५६ वटा फाटकमध्ये २८ वटा फाटक खोलिएको छ।

पानीको स्तर बढ्दै गएको दृष्टिगत गर्दै रातो बत्ती बालिएको छ। कोसीमा पानीको बहाव एक लाख ५० हजार क्यूसेक नाघेपछि उच्च सतर्कताको संकेतस्वरूप रातो बत्ती बाल्ने नियम रहेको छ।

पानीको बहाव तीव्र गतिमा बढ्दै गएपछि सप्तरी प्रशासनले सम्भावित बाढी, डुबान र कटानको जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

Comment

Related News

Latest News

Trending News