अपडेट 
२०७७ जेष्ठ २, शुक्रबार १२:५७

सप्तरी । सप्तरीका कोरोना संक्रमित युवाको सम्पर्कमा आएका २१ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ हटैल टोलका १८ बर्षीय युवकमा गतबैशाख २९ गते कोरोना संक्रमण पाइएको छ ।

उनको सम्पर्कमा आएका उनका आमा, हजुरआमा र हजुरबुवासहित २३ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

संक्रमित युवकको गत बैशाख २५ गते स्वाब परीक्षण गरिएको थियो । तर रिपोर्ट नआउँदै उनलाई क्वारेन्टाइनबाट घर पठाइएको थियो । संक्रमित युवकको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।

रिपोर्ट नआउँदै उनीसँगै क्वारेन्टाइनमा राखिएका १२ जनासहित उनको सम्पर्कमा गएका २१ ज्नाको स्वाब परीक्षण गरिएको थियो । धरानस्थित वि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उनीहरुको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको स्वास्थ्य प्रमुख यादवले जानकारी दिए ।

पहिलो पटक स्वाब परीक्षण नेगेटिभ आएपनि उनका आमा, हजुरआमा र हजुरबुवाको पुनः परीक्षण गरिने भन्दै यादवले तत्कालका लागि उनीहरुलाई पातोस्थित कन्त चन्द्र माविको क्वारेन्टाइनमै राखिएको बताए । अन्यलाई भने घर पठाइएको छ ।

Comment


Related News

Latest News

Trending News