२०८३ श्रावण ७, बिहीबार १७:४८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार राणा शासनकालभन्दा पनि कठोर देखिएको बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४८ औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकारले सर्वसाधारण र प्रदर्शनकारीमाथि बर्बरतापूर्ण दमन गरेको भन्दै सरकार पञ्चायत वा राणा शासनकालभन्दा पनि कठोर देखिएको बताउनुभएको हो ।

उहाले आफैँलाई निर्वाचित गरेको संसद पनि छल्ने, त्यसलाई पनि नमान्ने क्रियाकलाप संविधान बिपरित रहेको बताउनुभयो । ओलीले अहिले सरकारले संविधान मिचेकाले संविधान संशोधन भन्दा पहिले संविधानको रक्षा गर्न गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि लोकतान्त्रिक, प्रगतिवादी र वामपन्थी दलहरू आन्तरिक रूपमा एकताबद्ध हुन आवश्यक रहेको उहाको भनाइ छ ।

उहाले अहिलेको अवस्थामा कांग्रेसलाई पनि आफ्नो अस्तित्व कायम राख्दै लोकतन्त्रका लागि एकताबद्ध भएर अघि बढ्न सुझाव दिनुभयो ।

अध्यक्ष ओलीले प्रदेश सरकारमा देखिएको अन्यौल छिटै हट्ने भन्दै प्रदेश र स्थानीय सरकार सहज रुपमा चलने बताउनुभयो ।

कार्यक्रममा नेकपाका नेता नारायणकाजी श्रेष्ठले नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिकता, राष्ट्रिय अखण्डता, स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितमाथि गम्भीर कुठाराघातको खतरा पैदा भएको उल्लेख गर्नुभयो । अहिलेको अवस्थामा देशभक्त शक्ति, कम्युनिष्ट र वामपन्थीहरूबीच एकता र सहकार्य हुनुपर्ने बताउनुभयो ।

त्यस्तै अन्य सहभागीहरुले लोकतन्त्र र संविधानको रक्षाका लागि राजनीतिक दलहरुबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका थिए ।

Comment


Related News

Latest News

Trending News