२०८३ श्रावण ८, शुक्रबार १५:५१

आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले किसानलाई मलखाद्य उपलब्ध गराउन नसक्ने कृषि मन्त्रीगीता चौधरीको राजीनामा माग गरेका छन् ।

आम किसान मोर्चाद्वारा आज (शुक्रबार) बाराको कलैयामा आयोजित `मलखाद्यको हाहाकार : आपूर्तिमा असफल  सरकार´ कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषिमन्त्री चौधरीको राजीनामा माग गरेका हुन ।

`यो सरकार किसान मारा सरकार जस्तो भयो । कृषिप्रधान देशको मुख्यवाली धान रोपाईको समयमा अहिले किसानले मलखाद्य पाउन सकिरहेका छैनन् । किसानलाई मलखाद्य दिन नसक्ने मन्त्रीलाई कुर्सीमा बस्ने अधिकार छैन । किसानलाई मलखाद्य दिन नसकने असफल कृषि मन्त्रीले तुरुन्त राजीनामा दिनुपर्छ,´ आजपा अध्यक्ष साहले भने ।

दुईतिहाईको शक्तिशाली सरकार भएपनी किसानले सरकार भएको अनुभूति गर्न नसकेको गुनासो सभागीहरुले गरेपछि आजपा अध्यक्ष साहले यो सरकारलाई असफल हुने छुट नभएको बताउँदै किसानका समस्या समाधान गर्नुपर्ने बताए ।

नेपालमा सरकारले किसानलाई मलखाद्य उपलब्ध  गराउन नसकेको, किसानका समस्या समाधान गर्न नसकेको बताउँदै भारतबाट मलखाद्य ल्याउँदा किसानलाई  दुःख दिने काम आफूलाई स्वीकार्य नभएको बताए ।

तराई-मधेसका साथै देशैभरीका किसान अहिले पीडामा रहेपनी प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले किसानलाई केहिपनी नदिने तर छिमेकबाट किसानले मल ल्याउँदा खोस्ने अधिकार कसले दियो भन्दै उनले प्रश्न गरे ।

चुनावका बेला ठुलो कुरा गर्ने तर कुर्सीमा पुगेपछि युवा, विद्यार्थी, किसान लगायतका समस्या समाधान गर्नुको साटो सरकार रमिते बनेको टिप्पणी आजपा अध्यक्ष साहले गरे ।

Comment


Related News

Latest News

Trending News