संघ सरकारबाट अनुदानको प्राप्त बजेट खर्च खर्चमा धनुषाको स्थानीय तहहरु मध्ये जनकपुरधाम उपमहानगरपालिका निकै पछाडि देखिएको छ । जिल्लाको १८वटै वटै स्थानीय तह मध्ये बटेश्वर गाउँपालिकाले सबभन्दा बढी बजेट खर्च गरेको हो ।
जिल्लामा औसतन ८१.९८ प्रतिशत खर्च भएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषाका अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा संघ सरकारबाट धनुषाको स्थानीय तहहरुले ५ अर्ब ६७ करोड ६२ लाख ५० हजार रुपैयाँ विभिन्न अनुदान स्वरुप बजेट पाएकोमा ४ अर्ब ६५ करोड ३४ लाख ३२ हजार २१० रुपैयाँ खर्च गर्न सकेको हो ।
कोलेनिकको तथ्यांक अनुसार जनकपुरधाम उपमहानगरले गत आवमा १ अर्ब ३४ करोड १२ लाख रुपैयाँ संघबाट अनुदान पाएकोमा त्यसको ६३.२५ प्रतिशत अर्थात ८४ करोड ८३ लाख ७४ हजार १६० रुपैयाँ खर्च गरे को हो भने बटेश्वर गाउँपालिकाले २४ करोड ९२ लाख ९० हजार अनुदान प्राप्त गरेकोमा २३ लाख ६० हजार ९९ हजार ३८९ रुपैयाँ अर्थात ९४.७१ प्रतिशत बजेट खर्च गरेको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख बुद्धराम मल्ल आले का अनुसार गत आवमा क्षीरेश्वरनाथ नगरपालिकाले गत आव २०८२।८३ मा ३८ करोड २० लाख ८६ हजार रुपैयाँ अनुदान पाएकोमा त्यसको ८६.७६ प्रतिशत अर्थात ३३ करोड १५ लाख १३ हजार २०७ रुपैयाँ खर्च गरेको हो ।
यस्तै शहिदनगर नगरपालिकाले गत आवमा ४२ करोड २५ लाख ४० हजार रुपैयाँ अनुदान प्राप्त गरेकोमा त्यसको ८५.९४ प्रतिशत अर्थात ३६ करोड ३१ लाख १५ हजार २९९ रुपैयाँ, हंसपुर नगरपालिकाले ३८ करोड १३ लाख ७५ हजार रुपैयाँ अनुदान पाएकोमा त्यसको ८५.११ प्रतिशत अर्थात ३२ करोड ४५ लाख ९३ हजार १५५ रुपैयाँ खर्च गरे को हो ।
गणेशमान चारनाथ नगरपालिकाले गत आवमा ३६ करोड ४७ हजार रुपैयाँ अनुदान प्राप्त गरेकोमा त्यसको ८५ प्रतिशत अर्थात ३० करोड ६० लाख २९ हजार ३७ रुपैयाँ, मिथिला बिहारी नगरपालिकाले गत आवमा ३३ करोड २० लाख ३४ हजार रुपैयाँ अनुदान प्राप्त गरेकोमा त्यसको ८४.७० प्रतिशत अर्थात २८ करोड १२ लाख ३५ हजार ३९२ रुपैयाँ खर्च गरेको हो ।
त्यस्तै, नगराईन नगरपालिकाले गत आवमा ३५ करोड २९ लाख १२ हजार अनुदान पाएकोमा त्यसको ८४.५१ प्रतिशत अर्थात २९ करोड ८२ लाख ६२ हजार ९१४ रुपैयाँ, मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाले संघ सरकारबाट २३ करोड ४ लाख ६० हजार अनुदान पाएकोमा त्यसको ८३.८५ प्रतिशत अर्थात १९ करोड ३२ लाख ५१ हजार ४५९ रुपैयाँ खर्च गरेको हो ।
उता सबैला नगरपालिकाले संघबाट ३८ करोड ४० लाख ९१ हजार रुपैयाँ अनुदान पाएकोमा त्यसको ८३.१२ प्रतिशत अर्थात ३१ करोड ९२ लाख ५० हजार ५९० रुपैया, औरही गाउँपालिकाले गत आवमा २६ करोड ३१ लख ७० हजार रुपैयाँ अनुदान पाएकोमा त्यसको ८२.४३ प्रतिशत अर्थात २१ करोड ६९ लाख २९ हजार ९३८ रुपैयाँ खर्च गरेको हो ।
मिथिला नगरपालिकाले ४३ करोड ६ लाख ६० हजार अनुदान पाएकोमा त्यसको ८२.२२ प्रतिशत अर्थात ३५ करोड ४० लाख ९६ हजार ३९ रुपैयाँ खर्च गरेको हो । तथ्यांक अनुसार विदेह नगरपालिकाले ३३ करोड २९ लाख २० हजार रुपैयाँ अनुदान पाएको मा त्यसको ७८.६३ प्रतिशत अर्थात २६ करोड १७ लाख ८९ हजार १२२ रुपैयाँ खर्च गरेको हो ।
जनकनन्दिनी गाउँपालिकालाई ३१ करोड ७२ लाख २० हजार रुपैयाँ अनुदान दिइएकोमा त्यसको ७८.०६ प्रतिशत अर्थात २४ करोड ७६ लाख २३ हजार ६५८ रुपैयाँ खर्च भएको हो । लक्ष्मिनीयाँ गाउँपालिकाले संघ सरकारबाट ३३ करोड ३५ लाख ८ हजार रुपैयाँ अनुदान पाएकोमा त्यसको ७७ प्रतिशत अर्थात २५ करोड ६८ लाख ३ हजार ५०२ रुपैयाँ खर्च भएको हो ।
धनौजी गाउँपालिकाले २० करोड ४ लाख ५७ हजार रुपैयाँ पाएकोमा त्यसको ७६.६० प्रतिशत अर्थात १५ करोड ३५ लाख ४१ हजार ३८४ रुपैयाँ खर्च गरे को हो । कमला नगरपालिकाले गत आवमा ३० करोड ६५ लाख ४० हजार रुपैयाँ पाएकोमा त्यसको ७३.९५ प्रतिशत अर्थात २२ करोड ६६ लाख ९३ हजार ४९२ रुपैयाँ खर्च भएको हो ।
यस्तै, धनुषाधाम नगरपालिकाले गत आवमा ३९ करोड ६९ लाख ४० हजार अनुदान पाएकोमा त्यसको ७१.२० प्रतिशत अर्थात २८ करोड २६ लाख ४ हजार ६३३ रुपैयाँ खर्च गरेको तथ्यांकमा उल्लेख छ ।

