रश्मी पन्तलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर तथा कर्जा दुरुपयोगसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरेको छ ।
सीआईबीका अनुसार प्रभु बैंकबाट एउटा निश्चित प्रयो जनका लागि स्वीकृत गरिएको कर्जा रकम अर्को प्रयोजनमा प्रयो ग गरिएको आरोपमा उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।
सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले प्रारम्भिक अनुसन्धानबाट कर्जा प्रवाह प्रक्रिया तथा त्यसको उपयोगमा गम्भीर अनियमितता देखिएपछि पन्तलाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानको केन्द्रमा रहे को रुपन्देहीस्थित एशियन भिले ज रिसोर्ट प्रालिलाई प्रभु बैंकले करिब ४८ करोड रुपैयाँ कर्जा उपलब्ध गराएको थियो । उक्त कर्जा रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि स्वीकृत भए पनि त्यसको ठूलो हिस्सा स्वीकृत उद्दे श्यभन्दा बाहिर प्रयोग गरिएको आरोप अनुसन्धानमा उठेको छ ।
सीआईबीका अनुसार कर्जा रकम कम्पनीका अध्यक्ष तथा उनीसंग सम्बन्धित अन्य व्यक्ति र कम्पनीहरूको दायित्व भुक्तानी गर्न प्रयोग गरिएको आशंका गरिएको छ । यसै प्रकरणमा एशियन भिले ज रिसोर्ट प्रालिका अध्यक्ष शशिधर शर्मा पौडेल यसअघि नै सीआईबीको हिरासतमा रहेका छन् ।

