२०८३ श्रावण १४, बिहीबार १६:५४

जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसाे साढे ३ बजेदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने गरी कर्फ्यु लगाएको हो । जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ ।कार्यालयले चारकिल्ला ताेकेर कर्फ्यु लगाइएकाे क्षेत्र निर्धारण गरेकाे छ ।

उत्तर – लक्ष्मीनियाँ हाटबजार चोकदेखि पश्चिम सिउरजोडा चोक हुँदै पूर्वमा लक्ष्मीपुर नोव्वासम्म

पूर्व – बेलौनी रोडमा रहेकाे एमयू स्टिलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म,

दक्षिण – नगराइन नगरपालिका क्षेत्रदेखि नगराइन चोकसम्म

पश्चिम – सिउरजोडा–सोहनी–मनिमण्डप–नेपाल नर्सरी–इस्कोन–जनकपुर–ढल्केबरपुल–बेला–कादरी मस्जिदसम्म

 

Comment


Related News

Latest News

Trending News