मधेसकेन्द्रित चार दलले संयम र सद्भाव कायम गर्न आग्रह गर्दै संयुक्त विज्ञप्ति जारी गरेका छन्।
जसपा नेपालका महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो, जनमतका जयकान्त राउत, राष्ट्रिय निर्माण दलका समिम अन्सारी र संविधानसभा सदस्य रामकुमार शर्माले ८ बुँदे विज्ञप्ति जारी गरेका हुन्।
उनीहरूले सबै घटनाको छानबिनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग गरेका छन्।
साथै नागरिकहरूलाई संयम र सद्भाव कायम राख्न आग्रह गरेका छन्। घृणा वा उत्तेजनाले समाजलाई थप विभाजित बनाउने भएकोले सबै सत्य र कानुनको पक्षमा उभिन उनीहरूको आग्रह छ।
पछिल्ला घटनाहरूलाई लक्ष्य गर्दै उनीहरूले मधेसलाई योजनाबद्ध रूपमा अस्थिर बनाउने प्रयास भइरहेको आशंका पनि गरेका छन्।


