२०८३ श्रावण १८, सोमबार १६:१५

राष्ट्रिय सभा बैठक आगामी साउन २१ गतेसम्मका लागि स्थगित भएको छ। सोमबारको बैठकमा विभिन्न महत्त्वपूर्ण प्रतिवेदनहरू पेस भएपछि विजनेस नभएकाले बैठक स्थगित गरिएकाे हाे।

समेबार प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले दुई वटा वार्षिक प्रतिवेदन पेस गरिन्। उनले ‘मधेसी आयोगको आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन’ र ‘मधेसी आयोगको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन’ पेस गरेकी हुन्।

यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले पनि समितिको प्रतिवेदन पेस गरे।  सभापति पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेस गरेका हुन्।

विजनेस अभवामा प्रतिनिधिसभा पनि स्थगित रहेका बेला राष्ट्रिययसभा पनि स्थगित भएकाे हाे। सरकारले कानुन निमार्ण वर्ष घेषणा गरेपनि संसद्लाई विजेनस दिन सकेकाे छैन।

Comment

Related News

Latest News

Trending News