अपडेट 
२०७७ जेष्ठ ४, आईतवार ०७:१२

काठमाण्डु ।राष्ट्र्यि जनता पार्टी(राजपा) संसदीय दलको बैठकमा अध्यक्ष मण्डलका सदस्य समेत रहेका साँसद राजेन्द्र महतो अनुपस्थित भए ।

शनिवार राजपा संसदीय दलको बैठक भएको हो ।सरकारको नीति तथा कार्यक्रमबारे दलको धारणा र भूमिका लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।

समाजवादी पार्टी संसदीय दलको बैठकपनि छुट्टै भएको थियो ।दुवै पार्टी एकिकरणको प्रतिबद्धता पत्र निर्वाचन आयोगमा दर्ता गराइसकेपनि एकिकरण भएको औपचारिकता पुरा भएको छैन् ।

दुवै दलबीच एकिकरणको मुख्य बाधक पार्टी नेताहरुको वरियता निर्धारण रहेको मानिन्छ ।विगतमा सहमति भए अनुसार जनता समाजवादी पार्टीको पहिलो वरियतामा महन्थ ठाकुर, दोस्रोमा डा.बाबुराम भट्टराई र कार्यकारी अधिकार सहित तेस्रो नम्बरमा उपेन्द्र यादव रहने छ ।

स्रोतका अनुसार अहिले राजेन्द्र महतोलेपनि यादवसँगैको भूमिका खोजेपछि राजपामा समेत उनको आलोचना हुन थालेको छ ।स्रोतका अनुसार महतोले असन्तुष्टि जनाउन संसदीय दलको बैठकमा सहभागि भएनन् ।

राजपा अध्यक्ष मण्डलका सदस्यहरुलाई एकिकृत पार्टीमा सम्मान सहित पदस्थापन गर्ने विषयमा समाजवादी पार्टी सकारात्मक रहेकोछ ।तर राजपा अध्यक्ष मण्डलमा नै तालमेल नमिलेको कारण एकिकरणको अन्य प्रकृयाहरु अगाडी बढन सकेको छैन् ।

जनता समाजवादी पार्टीको विधान र घोषणा पत्र तयारी भइसकेको छ ।वरियताको विषयमा सहमति हुन बाँकी रहेको स्रोतले जनाए ।विगतमा भएको सहमति भन्दा राजपा पछाडी हटन नहुने अध्यक्ष मण्डलका एकजना सदस्यले बताउँदै भने, तर दुवै दल एकिकरणको पक्षमा सकारात्मक रुपमा अगाडी बढेको छ ।

Comment


Related News

Latest News

Trending News