२०८३ श्रावण २१, बिहीबार ११:२९

सुनको भाउ आज झन् आकाशिएको छ।

तोलामा ८ हजार बढेर सुनको भाउ आज २ लाख ९६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको भाउ २ लाख ८८ हजार रुपैयाँ थियो। हिजो र आज दुई दिनमा सुनको भाउ १२ हजार २ सय रुपैयाँ बढेको हो।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँ बढेर ४ हजार ५ सय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

हिजो पनि चाँदीको भाउ तोलामा ९५ रुपैयाँ बढेर ४ हजार ४ सय ७५ रुपैयाँ कायम भएको थियो।

गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

Comment


Related News

Latest News

Trending News