अपडेट 
२०७७ जेष्ठ ४, आईतवार ०९:१८

वीरगन्ज ।कोरोना भाइरसको कहर पर्सा जिल्लामा बढेको बेला वीरगन्ज महानगरपालिकाका मेयर बिजयकुमार सरावगीले प्रेसमाथि सेन्सरसिप लगाउन माग गरेका छन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत समेतको उपस्थितिमा शनिवार आयोजित एउटा छलफलमा मेयर सरावगीले आफू बिरुद्ध सञ्चार माध्यमहरु लागेकाले कार्वाही गर्न सक्ने कानुन बनाउन आग्रह गरे ।

क्वारेन्टाइन र आइसोलेशनमा रहेका कोरोना भाइरस संक्रमितहरुलाई अत्यावश्यक भोजन र खाजाको समेत प्रबन्ध गर्न असफल रहेका मेयर साहले स्वस्थ्य आलोचना सहन गर्न नसकी प्रेसमाथि सेन्सरसिप लगाउन माग गरे ।

छलफलमा नगर प्रमुख सरावगीले आफ्नो बिरोधमा समाचार लेख्ने पत्रकार तथा संचार गृहलाई आवश्यक कार्यवाहि गर्न मांग गरे । उनको सकृयतामा भएको एउटा निजी अस्पतालसंग भ्रष्टाचारको मनसायुक्त सम्झौता, महानगरपालिकाको राहत सामग्री खरिद प्रक्रिया, कमसल राहत प्रकरणलगायतका बिषय संचारमाध्यमहरुले सार्वजनिक गरेका छन् ।

उनी निर्वाचित भएका समाजवादी पार्टीका नगर , जिल्ला, प्रदेश र संघीय समितिलालाई समेत उनले चर्को आलोचनागर्दै आएका छन् । महानगरवासीलाई कोरोना भाइरसको बेला समेत अत्यावश्यक सेवा उपलब्ध गराउन नसकेको आरोप खेप्दै आएका मेयर सरावगीले आइसोलेशनमा रहेकाहरुलाई चाउचाउ खान दिइरहेको आरोप छ ।

प्रदेश २ भरी प्रेसमाथी सेंसरसिप लागाउन उनले मुख्यमन्त्री राउतलाई अनुरोध गरे । कोरोना संक्रमणको समयमा प्रदेशले पठाएको २५ लाख लगायत महानगरपालिकाको ३ करोडको बजेट खर्च गरेर ३४ हजार परिवारका घरघरमा राहत बितरण गरिएको विषयलाइ प्रशंसा नगरी आफनो बिरोधमा मात्र समाचार प्रकाशन गरिएको उनले आरोप लगाए ।

‘मुख्यमन्त्री जी तीन बोरा सडेको चामलको खुबै प्रचार गरियो,’ नगरप्रमुख सरावगीले भने, ‘केही पत्रकारहरु मेरोपछि लागेका छन्, तथानाम लेख्ने पत्रिका तथा पत्रकारलाई सेंसरशिप लगाएर कार्यवाही गर्नुस, तपाई कै जनकपुरबाट प्रकाशित जनकपुर टुडेले मेरो बारेमा के–के लेखेको छ ?’

कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश २ मा सञ्चारमाध्यमहरुले अत्यन्त प्रशंसनीय भूमिका निर्वाह गरेको उल्लेखगर्दै लोकतन्त्रमा प्रेसलाई सबल बनाउनुपर्नेमा जोड दिए ।वरिष्ठ पत्रकार दिपेन्द्र चौहानले मेयर सरावगीको कडा आलोचनागर्दै अलोकतान्त्रिक कार्य नगर्न सुझाव दिए ।

Comment


Related News

Latest News

Trending News