२०८३ श्रावण २६, मंगलवार १२:०३
नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ६ हजार चार सय रुपैयाँले बढेर ३ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, मंगलबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ।
सोमबार तोलामा ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ सय १० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

