अपडेट 
२०७७ जेष्ठ ४, आईतवार २२:२६

काठमाण्डु । सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लकडाउन आगामी २० जेठसम्मका लागि थप गर्ने निर्णय गरेको छ ।

आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले २० जेठसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले काठमाण्डुटुडेलाई जानकारी दिए । ‘भ्याक्सिन पत्ता नलागेको र नेपालमा क्रमशः संक्रमितको संख्या बढ्दै गएकाले लकडाउन बाध्यात्मक निर्विकल्प जस्तो बन्न गयो’, ती मन्त्रीले भने, ‘जेठ २० गतेसम्म लकडाउन निरन्तर गर्ने निर्णय भएको छ ।’ यसअघि तोकिएको लकडाउन अवधि भोलि (सोमबार) सकिँदैछ ।

यो समाचार तयार पार्दासम्म नेपालमा कोभिड–१९ संक्रमितको संख्या २ सय ९५ पुगेको छ भने दुई संक्रमितको मृत्यु भएको छ । पछिल्लो समय लकडाउनका समयमा लुकिछिपी भारतबाट आएकाहरुमा कोभिड–१९ संक्रमण देखिएको छ ।

Comment


Related News

Latest News

Trending News