सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका क्रममा भएका घाइते तथा सहिद परिवारका सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवको संयोजकत्वमा गठित …जेनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समितिÚ ले सरकार र आन्दोलनकारी पक्षबीच भएका सम्झौताहरूको कार्यान्वयन र समन्वयमा मुख्य भूमिका खेल्ने जनाएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले समितिले आन्दोलनका घाइते तथा सहिद परिवारका लागि प्रत्यक्ष सम्पर्क विन्दुको रूपमा काम गर्ने बताउनुभयो ।
प्रधानमन्त्री कार्यालयले पछिल्लो दुई साता भएका प्रमुख कामकारवाहीका बारे जानकारी दिदै प्रवक्ता अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलमा किसान र उपभोक्ताबीचको उच्च मूल्य अन्तर न्यूनीकरण गर्दै कृषि क्षेत्रको आपूर्ति श्रृंखला सुधार गर्न कार्यदल गठन गरी अध्ययनसमेत थालिएको बताउनुभयो । खेतबारीबाट सिधै उपभोक्ताको घरसम्म कृषि उपज पु¥याउन नयाँ प्रविधि र डेलिभरी स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको उहाले बताउनुभयो ।
त्यस्तै सरकारी कार्यालयहरूमा अबदेखि निवेदन दिन वा फारम भर्नकै लागि सेवाग्राहीले अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने र अतिरिक्त पैसा पनि बुझाउनु नपर्ने व्यवस्था गरिएको प्रवक्ता अर्यालले बताउनुभयो । कार्यालयका कुनै पनि कर्मचारीले कानुनबमोजिम बाहेक सेवाग्राहीलाई कुनै निश्चित व्यक्ति, संस्था वा सेवा प्रदायकसँग सम्पर्क गर्न वा सेवा लिनका लागि सिफारिस, निर्देशन वा बाध्य पार्न नपाउने उहाको भनाइ छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले हेरक शुक्रबार एक सातामा भएका महत्वपूर्ण कार्यसम्पादनका बारेमा जानकारी गराउन नियमित पत्रकार सम्मेलन गर्ने जनाएको छ ।

