२०८३ श्रावण ३०, शनिबार ०७:३७

कर्तव्य ज्यान मुद्दामा ४३ वर्षदेखि फरार रहेका एक वृद्धलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

हत्या घटनामा अदालतबाट कैद सजाय पाएपछि पुजारीको भेषमा लुकिछिपी बसेको आएका फरार रहेका लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीका ८० वर्षीय ठकाई यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार यादवलाई बिहीबार आफ्नै गाउँस्थित शिवमन्दिरबाट पक्राउ गरिएको हो । उनी लामो समयदेखि साधुबाबा तथा पुजारीको भेषमा मन्दिरमा बस्दै आएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार २०४१ साल वैशाख १ गते खरुक्याहीमा वैशाखे मेलाका क्रममा मन्दिरमा बोका चढाउने विषयमा विवाद भएको थियो ।

सोही विवादका क्रममा यादवसहित ११ जनाले स्थानीय रजिन्द्र यादवलाई घेरा हाली कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भ ए क ा रजिन्द्रको मृत्यु भएको थियो । घटनापछि यादवसहितका प्रतिवादीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलेको थियो । अदालतले यादवलाई एक वर्ष कैद सजाय सुनाएपछि उनी सजाय भुक्तान नगरी फरार भएका थिए ।

लामो समयसम्म फरार रहेका यादव गाउँमै पुजारीको भेषमा लुकीछिपी बस्दै आएको सूचना पाएपछि प्रहरीले निगरानी बढाएको थियो । सोही क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउपछि यादवलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत सिराहामा बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुार घटनामा संलग्न अन्य फरार प्रतिवादीमध्ये ११ जनाकै मृत्यु भइसकेको छ ।

Comment


Related News

Latest News

Trending News