अपडेट 
२०७७ जेष्ठ ५, सोमबार ०८:०६

मलंगवा । प्रहरीले सर्लाही जिल्लाको विष्णु गाउँपालिकाबाट हतियार सहित दुई जनालाई पक्राउ गरेकोछ ।प्रेस लेखिएको भारतीय नम्बरको मोटरसाइकलको चेकजाँच गर्ने क्रममा हतियार बरामद भएको प्रहरीले जनाएकोछ ।


विष्णु गाउँपालिकाको वडा नम्बर ३ विश्वनाथ टोलमा हतियार सहित मानिस रहेको सुचना प्राप्त भएको अधारमा प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटेको विशेष टोलीले आइतवार बिहान हतियार सहित मोटरसाइकल र एकजना भारतीय नागरिक सहित दुई जनालाई नियन्त्रणमा लिएकोछ ।
जिल्लामा कोरोना भाइरसको संक्रमित फेला पर्न थालेपछि लकडाउनलाई कडा बनाइएकोछ ।तर लकडाउनमै भारतीय नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेको अवस्थामा आइतबार बिहान चेकजाँच गर्दा हतियार बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकोछ ।

प्रहरीले विष्णु गाउँपालिका ३ विश्वनाथ टोलस्थित बाँसघारीबाट बीआर ३० एम ६७८७ नम्बरको प्रेस लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका डीएसपी मदन कुँवरले जनाए ।

‘बाँसघारीमा हतियारसहित मानिस रहेको सूचना आएपछि प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट संयुक्त टोली परिचालन भएको थियोे’ उनले भने, मोटरसाइकलमा सवार बिष्णु गाउँपालिका ३ बस्ने २५ बर्षीय मदन साह कानु र भारतको सीतामढी जिल्ला मरहाडिहका १९ बर्षीय अनिश साहलाई नियन्त्रणमा लिइएकोछ ।

उनीहरुको साथबाट चाइनिज पेस्तोल एक थान, त्यसको म्यागेजिन र ५ राउण्ड गोली ,अर्को एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने १ राउण्ड गोली, बरामद भएको डीएसपी कुँवरले जनाए ।कुनै घटना गर्न हतियार सहित सकृय रहेको हुन सक्ने संभावना रहेको जनाउँदै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाइएको जनाएकोछ ।

Comment


Related News

Latest News

Trending News