२०८३ श्रावण ३१, आईतवार १७:३३

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह गर्नुभएको छ ।

मदन भण्डारी आइडोलोजी स्टुडेण्ट फोरमले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले अध्ययन, संवाद र बहसबाट आफ्नो राजनीतिक दृष्टिकोण निर्माण गर्न आग्रह गर्नुभयो । पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रको शक्ति आफ्नो विचार मात्र स्थापित गर्नुमा नभई फरक मतलाई सम्मानपूर्वक सुन्ने र तर्क तथा तथ्यका आधारमा दृष्टिकोण बनाउने संस्कारमा रहने उल्लेख गर्दे आफूभन्दा भिन्न विचार राख्नेहरूप्रति पनि सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रविधि र सामाजिक सञ्जालका कारण आजको पुस्ता बढी सूचनासम्पन्न भए पनि धेरै सूचना हुनु र सही ज्ञान हुनु फरक विषय भएको स्पष्ट पार्नुभयो । पूर्वराष्ट्रपति भण्डारीले राजनीति निर्वाचनका बेला मत माग्ने वा दिने विषय मात्र नभएको उल्लेख गर्दै समाजलाई बुझ्ने, जनताको आवाज सुन्ने र नीति निर्माणमा भूमिका खोज्ने निरन्तर प्रक्रियाका रूपमा युवा सहभागिता अघि बढ्नुपर्ने बताउनुभयो ।उहाँले मदन भण्डारीका विचारलाई समय र बदलिँदो परिवेश अनुसार अध्ययन गरी आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले देशमा परिवर्तनका अपेक्षा उच्च रहेको र युवामा नयाँ सोच तथा ऊर्जा भएकाले त्यसलाई समाजको सकारात्मक परिवर्तनमा रूपान्तरण गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले युवालाई लोकतन्त्रप्रति प्रतिबद्ध, सामाजिक न्यायप्रति संवेदनशील, राष्ट्रिय हितप्रति सचेत र जिम्मेवार नागरिक बन्न आग्रह गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News