२०८३ भाद्र ३, बुधबार ०९:२२

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ८ बजे जारी गरेको अद्यावधिक बुलेटिनअनुसार हाल देशभर साधारणतया बादल लागेको छ।

गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा, कोसी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम महाशाखाका अनुसार आज दिउँसोदेशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ।

देशका पहाडी भूभागका धेरै स्थानमा, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेश साथै कोसी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोसी प्रदेशको तराई  र मधेस प्रदेशका केही स्थानमा हुरीको पनि सम्भावना छ।

यसैगरी रातिपनि देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ। कोसी र सुदूरपश्चिम प्रदेशको तराईमा साधारणतया बादल तथा बाँकी तराईमा आंशिक बादल लाग्नेछ।

देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी प्रदेशको तराई भूभागका केही स्थान, मधेस तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

Comment


Related News