२०८३ भाद्र ४, बिहीबार ०६:४९

भारतको आर्थिक राजधानीको रुपमा स्थापित महाराष्ट्र प्रान्तको मुम्बईस्थित सर्वाधिक महँगो जिओ वल्र्ड कन्भेन्सन केन्द्र- व्ष्य ध्यचमि ऋयलखभलतष्यल ऋभलतचभ ० बिहिवारदेखि आयोजना हुन लागेको तीन दिवसिय फेयरमा सहभागि हुन होटेल तथा पर्यटन महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमको नेतृत्वमा बुधबार होटेल व्यवसायीहरुको पाँच सदस्यीय टोली त्यस तर्फ प्रस्थान गरेको छ ।

नेपालमा आउने भारतीय पर्यटकहरुलाई आकर्षित गर्न होटेल तथा पर्यटन व्यवसायीहरुले महाराष्ट्रका होटेल तथा पर्यटन व्यवसायीहरुसित सहकार्य गर्ने वातावरण बनाउन महत्वपूर्ण छलफल गर्ने बताइएको छ । महाराष्ट्रबाट नेपालमा वार्षिक भारी संख्यामा हिन्दू पर्यटकहरु नेपाल आउने गर्छन् ।नेपाल आउने महाराष्ट्रको पर्यटकहरु मध्ये अधिकांश पर्यटक जनकपुरधाम आउने गर्छन् । मधेश प्रदेश सरकारबाट पूर्ण उपेक्षित रहेको होटेल तथा पर्यटन व्यवसायको प्रबद्र्धनमा व्यवसायीहरु स्वयं अग्रसर भएका छन् ।

मधेश प्रदेशमा होटेल तथा पर्यटन व्यवसायको प्रचुर संभावना रहेको छ ।प्रदेशको राजधानी जनकपुरधाममा नै धमाधम होटेलहरु खुल्न थालेका छन् ।हजारौ मानिस प्रत्यक्ष ,परोक्ष रुपमा होटेल तथा पर्यटन व्यवसायसित जोडिएका छन् । महाराष्ट्रका होटेल तथा पर्यटन व्यवसायीहरुसित सहकार्यको वातावरण बने नेपालमा खर्च गर्न सक्ने पर्यटकहरुको संख्यामा उल्लेख्य बृद्धि हुने विश्वास अध्यक्ष गौतमको छ ।

तीन दिनसम्म सञ्चालन हुने टीटीएफमा पर्यटन बोर्ड, ट्राभल कम्पनी, होटल, एयरलाइन्स, डीएमसी लगायत पर्यटन क्षेत्रका व्यवसायी तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ । कार्यक्रममा विभिन्न देश तथा भारतका विभिन्न राज्यबाट पर्यटन व्यवसायीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । कार्यक्रममा होटेल तथा पर्यटन व्यवसायीहरूको सहभागिताले प्रदेशको पर्यटन प्रवद्र्धन, धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रचार– प्रसार र अन्तर्राष्ट्रिय तथा भारतीय पर्यटन व्यवसायीसँग व्यावसायिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने सहभागि दिपेन्द्र पराजुलीले जनाएका छन् ।

‘मधेशको पर्यटकीय गन्तव्यबारे अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न आवश्यक भएको छ ’ उनले भने, मधेश प्रदेशको लागि पर्यटन व्यवसायलाई प्रबद्र्धन गर्न सके धेरै हद सम्म बेरोजगारीको समस्या समाधान हुन सक्छ । मुम्बई प्रस्थान गर्न लागेका पर्यटन व्यवसायीहरूलाई जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, निवर्तमान अध्यक्ष जितेन्द्र महासेठ, महासचिव फुलदेव पण्डित लगायत कार्यसमितिका सदस्यहरुले विदाई सम्मान गरेका थिए ।

उनीहरुले भ्रमणको सफलताको शुभकामना व्यक्तगर्दै पर्यटन प्रबद्र्धनमा यात्रा फलदायी हुने विश्वास व्यक्त गरे । भ्रमण टोलीले मुम्बईको कार्यक्रमपछि गुजरातको सुरतमा आयोजित फेयरमा सहभागि हुने बताइएको छ । भ्रमण टोलीमा गौतम होटेलका सञ्चालक हिरा गौतम, अञ्जनी सुईट होटेलका सञ्चालक निरज कुमार यादव, शिशमहल होटेलका सञ्चालक दिपेन्द्र पराजुली , वेलकम होटेलका सञ्चालक विजय झुनझुनबाला र कोमल होटेलका सञ्चालक तेजनारायण साह रहेका छन् ।

Comment


Related News

Latest News

Trending News