२०८३ भाद्र ८, सोमबार १७:१०
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ५७ मतसहित प्रदेश सरकारको विश्वासको मत हासिल गरेका छन्।
कटहरीस्थित प्रदेश सभामा सोमबार विश्वासको मत लिने क्रममा मुख्यमन्त्री कार्कीले सत्ता साझेदार दल एमाले र नेकपाको कुल सांसदको मत हासिल गरेका हुन्।
प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले सभामा भएको मतबारे जानकारी दिदैं मुख्यमन्त्री कार्कीले बहुमतका साथ विश्वासको मत पाएको घोषणा गरेका थिए।
यसक्रममा २२ जनाले विश्वासको मतको विपक्षमा मत दिएका थिए। त्यसैगरि, ४ जना सदस्य भने तटस्थ रहेको सभामुख विष्टले जानकारी दिए। सो क्रममा ९२ जना प्रदेश सांसदहरुमा मतदानका क्रममा ८३ जना सांसद सहभागि रहेका थिए।

