२०८३ भाद्र ९, मंगलवार १७:४४

मोहम्मद जयन्तीका अवसरमा सरकारले मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिएको छ।

भोलि बुधबार मुस्लिम धर्मावलम्बीहरूका लागि बिदा दिइएको गृह मन्त्रालयले आज निकालेको सूचनामा उल्लेख छ।

२०८२ फागुन १८ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन सार्वजनिक बिदा दिने व्यवस्था छ।

सोअनुसार मुस्लिम आयोगले भदौ १० गते मोहम्मद जयन्ती परेको जानकारी दिएपछि गृह मन्त्रालयले सार्वजनिक बिदा दिएको हो।

Comment


Related News

Latest News

Trending News