२०८३ भाद्र १२, शुक्रबार १२:३०

तिब्बततर्फ पुन: ड्याम फुटेको सूचना पछि नेपाल प्रहरीले तटीय क्षेत्रमा सुरक्षित रहन अनुरोध गरेको छ।

शुक्रबार चिनियाँ पक्षले तिब्बतको क्षेत्रमा पानी जमेको ताल फुटेको जानकारी गराएपछि सुरक्षित रहन अनुरोध गरेको हो।

‘तिब्बततर्फ पानीको ड्याम पुन: फुटेको जानकारी प्राप्त भएको हुँदा उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधरणहरूलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जान/जानकारी गराउन अनुरोध छ,’ प्रहरीले भनेको छ।

बुधबार तिब्बती क्षेत्रमा हिमताल फुटेर आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला प्रभावित भएका थिए। सुरक्षा निकायहरूले ती ठाउँमा उद्धारका कार्य गर्दै आएको छ।

तीन दिन अघि आएको बाढी पछि पनि सबै पानी सुकिनसकेको र फेरि पानी जम्न थालेको सूचना चिनियाँ पक्षले दिएको थियो। उक्त सूचना पछि सतर्क रहन अनुरोध गर्दै आएको थियो।

Comment


Related News

Latest News

Trending News