नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट शक्तिबीच मजबुत एकता कायम गर्नु आजको आवश्यकता रहेको बताएका छन् ।
स्वर्गीय पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्र, मधेश प्रदेशले शनिबार आयोजना गरेको ‘वर्तमान राजनीतिक परि स्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै नेपालले कम्युनिष्ट शक्तिको विभाजन र आपसी मतभेदका कारण मुलुकमा वामपन्थी शक्ति कमजोर बन्दै गएको बताए । ‘वस्तुगत परिस्थितिको सही ढंगबाट विश्ले षण गर्दै कम्युनिष्ट शक्तिबीच मजबुत एकता कायम गर्नु आजको आवश्यकता हो,’ उनले भने । नेपालले भोटेकोशी नदीमा आएको बाढी तथा विभिन्न जिल्लामा भएका बाढी–पहिरो का घटनाबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइते प्रति शीघ्र स्वास्थ्य लाभको कामना गरे ।
उनले बाढी तथा पहिरोमा परी बेपत्ता भएकाहरूको खो जी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन र पीडितलाई राहत उपलब्ध गराउने काममा तीव्रता दिन सरकारसँग आग्रह गरे । नेपाल, भारत र चीनले बाढी, पहिरो तथा अन्य साझा समस्यालाई गम्भीरतापूर्वक लिएर संयुक्त रूपमा समाधानको प्रयास नगरे तीनवटै दे शले भविष्यमा गम्भीर संकटको सामना गर्नुपर्ने उनको भनाइ थियो । कम्युनिष्ट पार्टीहरू मुलुकको समृद्धि, लो कतन्त्रको सुदृढीकरण र जनताका पक्षमा सामाजिक न्याय स्थापना गर्ने उद्देश्यका साथ अघि बढिरहेको उल्लेख गर्दै नेपालले पुराना राजनीतिक दलहरूले मुलुकका लागि केही पनि नगरेको भन्ने भाष्य गलत रहेको जिकिर गरे । उनले आफू नेतृत्वको सरकारका पालामा ६२ हजार सुकुम्बासीलाई जग्गा उपलब्ध गराउनुका साथै घर निर्माण गरी वितरण गरिएको दाबी गरे ।
वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, एकल महिला, विधवा तथा बालबालिकाको विकासका लागि बजेट छुट्याएर सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको पनि उनले बताए । वर्तमान सरकार मजदुर, सुकुम्बासी र विद्यार्थीविरोधी रहेको आरोप लगाउँदै ने पालले सरकारबाट सकारात्मक अपेक्षा नरहेको बताए । उनले जनताले विगतमा प्राप्त गरेका उपलब्धिमाथि समेत सरकारले बन्देज लगाउन खोजेको आरोप लगाए । ‘हाम्रो सरकारको पालामा हामीले केही गरेनौँ भन्ने भाष्य निर्माण हुनु गलत हो। यसको प्रतिवाद गर्न आवश्यक छ,’ उनले भने । विगतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठनपछि दुई तिहाइ बहुमतको सरकार सञ्चालन गर्न नसक्नु कमजोरी भएको स्वीकार गर्दै उनले कम्युनिष्ट पार्टीमा व्यक्तिवाद हावी हुनु गलत रहेको बताए । पार्टीलाई दास र गुलामी मानसिकताबाट जोगाउनुपर्नेमा उनले जोड दिए । उनले नेपाली विशेषताअनुसारको समाजवादको नीति अघि बढाउँदै कम्युनिष्ट पार्टीहरूबीच एकता गर्नुपर्ने बताए ।
सो गोष्ठीमा नेपाली कम्युनिष्ट पार्टी एमाले का मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठले वर्तमान सरकार विदेशी शक्तिको आडमा ‘ग्रान्ड डिजाइन’ अन्तर्गत बनेको आरोप लगाए । पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठले अमेरिकी सेना अधिकारीदेखि मन्त्रीसम्म विभिन्न रूपमा सक्रिय रहे को दाबी गर्दै उनीहरूकै दबाबमा नेपालमा एसएसपी सम्झौता लागू गर्न खोजिएको आरोप लगाए । ‘नेपालमा भू–राजनीतिक गतिविधि बढेको छ । मुलुकको अवस्था अत्यन्त गम्भीर मोडमा छ। अहिले एक्लै लड्ने अवस्था छैन,’ उनले भने ।
इन्चार्ज श्रेष्ठले पार्टी बिग्रिनुको कारण खो ज्दै समीक्षा, सहकार्य र समन्वयमार्फत कम्युनिष्ट शक्तिहरूबीच एकता गर्नुपर्ने बताए । विगतमा जस्तो तत्काल एकता गर्नुभन्दा चरणबद्ध रूपमा सहकार्य, समन्वय हुँदै एकताको प्रक्रिया अघि बढाउन सकिने उनको भनाइ थियो । उनले तत्कालीन नेकपा र नेकपा एमाले बीच एकता हुनुअघि पनि समन्वय र सहकार्यको प्रक्रिया अघि बढाइएको स्मरण गरे । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का मधेश प्रदेश इन्चार्ज तथा पूर्वमन्त्री महेन्द्र राय यादवले नेपालमा कम्युनिष्टहरूको प्रभाव बढ्दै गएपछि साम्राज्यवाद र विस्तारवादको योजना अनुसार कथित विद्रोहका नाममा वितण्डा मच्चाइएको आरोप लगाए । उनले दुई पार्टीबीच एकता गरी मुलुकको वास्तविकताबारे आमजनतालाई जानकारी गराउँदै जनताका पक्षमा आन्दोलनको तयारी थाल्नुपर्ने बताए ।
वामबुद्धिजीवी रोशन जनकपुरीले भने वामपन्थीहरूको एकताभन्दा आमजनताका समस्या केन्द्रमा राखेर अघि बढ्नुपर्ने धारणा राखे। जनजीविका, परिवर्तन र गणतन्त्रका सवालमा स्पष्ट धारणा बनाएर अघि बढे मात्रै वामपन्थी आन्दोलनले सार्थकता पाउने उनको भनाइ थियो । उनले विगतको सत्ता केन्द्रित गतिविधिको तथ्यांकसहित समीक्षा गर्नुभन्दा पार्टीभित्रका विकृति, विसंगति, नातावाद र कृपावादको विरोध गर्दै जनताको गणतन्त्रात्मक व्यवस्थाका लागि एकजुट हुनुपर्ने बताए । जनकपुरीले वामपन्थी दलहरूलाई वास्तविक अर्थमा कम्युनिष्ट चरित्र विकास गर्न आग्रह गर्दै कम्युनिष्ट पार्टीले अन्य दलहरूले जस्तो जनतालाई सत्तामा पुग्ने भ¥याङका रूपमा प्रयोग गर्न नहुने बताए । पुष्पलाल मित्रता केन्द्र, मधेश प्रदेशका अध्यक्ष यदुवंश झाको अध्यक्षतामा भएको गो ष्ठीमा केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाले ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
पत्रकार किरण कर्णले ‘मधेशमा वामपन्थी दलहरूको अवस्था, भूमिका र अबको बाटो’ विषयमा प्रस्तुतीकरण दिएका थिए ।

