२०८३ भाद्र १४, आईतवार ०७:४९

राम युवा कमिटीले ३६औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयो जना गरी मनाएको छ । ‘मानव सेवा नै मनुष्यको सर्वोत्तम कार्य हो’ भन्ने मूल नाराका साथ स्थापित कमिटीले शनिबार जनकपुरधामको जनकचौकमा ‘रक्तदान जीवनदान’ भन्ने भावनाका साथ रक्तदान कार्यक्रम आयोजना गरे को छ ।

प्राकृतिक विपत्तिको समयमा घाइते तथा उपचाररत बिरामीलाई आवश्यक पर्ने रगतको अभाव हुन नदिन कार्यक्रम आयोजना गरिएको कमिटीले जनाएको छ । कार्यक्रमका क्रममा राम युवा कमिटीका पूर्वअध्यक्ष प्रमोद चौधरीले रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीमा परी घाइते भएकाहरूको उपचारमा सहयो ग पुग्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । उनले विपद्का कारण ठूलो संख्यामा घाइते भएका व्यक्तिहरूलाई उपचारका क्रममा रगत आवश्यक पर्न सक्ने भएकाले मानवीय सेवाको भावनासहित रक्तदान कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरे ।

साथै यो विपदको समयमा आफूहरुले वार्षिको त्सवको अवसरमा आयोजना गर्ने भनिएको उत्सवका कार्यक्रमहरु रद्द गरेको जानकारी समेत दिए । सो कमिटीले स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष सामाजिक तथा मानवीय सेवासंग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

रक्तदान कार्यक्रममा रामयुवा कमिटीका अध्यक्ष विजय साह, पूर्व अध्यक्षहरु रामबाबु साह, जितेन्द्र साह सहितको उपस्थिति रहे को थियो ।

Comment


Related News

Latest News

Trending News