२०८३ भाद्र १४, आईतवार ०८:००
आज बिहान आएको बाढीले रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाढीको बहाव बढ्दा यसले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका प्रभावित क्षेत्रमा असर पर्ने भएकाले सतर्कता अपनाउन भनिएको हो ।
बिहान ७ः२० बजेको अपडेटमा बाढीको बहाव बढेकाले खोज, उद्धार तथा राहतमा खटिएका, तटीय क्षेत्रमा रहेका एवम् अन्य सबैमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
धादिङका पत्रकार शंकर श्रेष्ठले त्रिशुली नदीमा पानीको बहाव ३ मिटरसम्म बढेको बताएका छन् ।

