२०८३ भाद्र १५, सोमबार ०७:२०

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले मुलुक अहिले संकटबाट गुज्रिरहेकाले सरकारलाई विपद् को घडीमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका छन् ।

जनकपुरधाममा आइतबार नेपाली कम्युनिष्ट पार्टी(नेकपा) धनुषाको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले सरकारको आलोचनाभन्दा पनि सरकारलाई सुझाव दिइ आउने दिनमा पुनः संकट नआओस् र पीडित परिवारले तत्काल राहतसमेत पाउनुपर्ने भन्दै सरकारसंग आग्रह गरे । उनले जलवायु परिवर्तनको कारण मुलुकमा संकट आएको र विपद्को समयमा सबैको ध्यान सरकारमाथि हुनु आवश्यक रहेको बताए । अहिलेको बाढी पीडितलाई सहयोग गर्नका लागि पार्टीले साथीहरुलाई समेत टिम बनाएर खटाएको उनले बताए । उनले जनप्रतिनिधिदेखि नेता तथा कार्यकर्तासम्मलाई विपद्को घडीमा पीडितका लागि राहतका लागि खटाएको स्पष्ट पारे । उनले पार्टीको तर्फबाट सरकारलाई सहयोग गरेको जनाउँदै नेता तथा कार्यकर्तालाई समेत सहयोग गर्न अपील गरे । हराएका व्यक्तिहरुको खोज तलास गर्न र गाडिएका शवहरु निकालेर आफ्न्तको जिम्मा लगाउन आफूले सरकारलाई सुझाव दिएको सहसंयोजक नेपालले बताए । उनले भारतमा समेत बगेर शवहरु भेटिरहेको जानकारी गराउँदै सरकारलाई त्यसतर्फ पनि ध्यानाकर्षण गराए । राहत वितरण र समस्यामा परेकाहरुलाई साथ दिन सरकारलाई पार्टीले सहयोग गर्ने उनले प्रतिब्द्धता जाहेर गरे । उनले सरकारलाई आगामी दिनहरुमा फेरि पनि यस्तै विपद् को सामना गर्नुपरे त्यसका निम्ति अहिलेदेखि नै तयार रहनका लागि बन्दोबस्त गरेर राख्न पनि सुझाव दिए ।

आफू प्रधानमन्त्री भएको समयमा जलवायु संरक्षण गर्ने उदाहरण प्रस्तुत गर्न सगरमाथामा क्याबिनेटको बैठक बसेको सुनाउँदै सहसंयोजक नेपालले प्रकृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए । सहसंयोजक नेपालले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई वडास्तरसम्म गएर आफ्नो पार्टीले विगतमा गरेका कामकाजहरुबारे जानकारी गराउन निर्देशन दिए । उनले प्रचारप्रसारमा आफूहरु चुकेको स्विकार्दै अब जनतामाझ गएर आफू र आफ्नो पार्टीले गरेका कामहरु बारे टिपोट गरेर अवगत गराउने बताए ।

सो कार्यक्रममा ५५१ सदस्यीय जिल्ला कार्य समितिका सदस्यले शपथग्रहणसमेत गरे । नेकपा धनुषाका संयोजक दीपक यादवको संयोजकत्वमा भएको सो एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा नेकपा मधेश प्रदेश इन्चार्ज महेन्द्र राय यादव, मधेश प्रदेशकी सांसद सुनिता यादव, नेकपा धनुषाका इन्चार्ज सत्रुधन महतो, पार्टी धनुषाका सहइन्चार्ज झल्कु यादवलागयतकाहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Comment


Related News

Latest News

Trending News