अपडेट 
२०७७ जेष्ठ ७, बुधबार ०७:४९

काठमाण्डु । मधेश केन्द्रित दलहरुले संविधान संशोधनको माग गरिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको अनुसूचीमा उल्लिखित नक्सा संशोधनका लागि सदनमा संशोधन प्रस्ताव प्रस्तुत गरिने बताएका छन् ।संविधान संशोधनका लागि दुई तिहाई बहुमत चाहिन्छ ।ओली सरकारसित त्यो बहुमत छैन् ।तर उनले त्यसलाई सदनले पारित गर्नेमा आफू ढुक्क रहेको बताए ।

गत शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुृक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका जिज्ञासाहरूको मंगलबार जवाफ दिने क्रममा ओलीले भारतले मिचेको भूभाग ठोस कूटनीतिक प्रयास गरेर फिर्ता लिइने बताए ।

संविधान संशोधन गर्न सरकारलाई जनता समाजवादी पार्टी अथवा नेपाली काँग्रेसको समर्थन अनिवार्य चाहिन्छ ।मधेशको मुद्द समेत संविधान संशोधन नभए हाल संसदमा रहेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले समर्थन दिने अवस्था नरहेको बताइन्छ ।

राष्ट्रिय सभामा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता राधेश्याम अधिकारीले असन्तुष्ट पक्षको माग समेतलाई सम्बोधन हुनेगरि संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।‘संविधान जारी हुँदा वहिष्कार गरेका असन्तुष्ट पक्षको माग संबोधनगर्दै संविधान संशोधनगर्दै जाने तत्कालिन तीन दलले प्रतिबद्धता जनाएको हो’ उनले भने, विगतमा गरिएको वाचालाई बिर्सन हुँदैन् ।

संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘होला अरु थुप्रै विषयहरु होलान् । संविधान असंशोधनीय दस्तावेज होइन भनेर उहिलेदेखि म भनिरहेको छु । आवश्यकता अनुसार संशोधन हुन्छ । औचित्यका आधारमा संशोधन हुन्छ ।’

‘यतिबेला नक्शासँग सम्बन्धित संविधानको अनुसूची ३ मा रहेको निशान छाप त्यसलाई संशोधन गर्नुपर्ने भएकाले संविधान संशोधन त्यस बुँदामा आउँछ ’ उनले भने, यतिबेला नक्शासँग सम्बन्धित विषय बढी महत्वपूर्ण र तत्कालिक महत्वको विषय भएका कारण अगाडि बढाउन खोजिएको छ ।

Comment


Related News

Latest News

Trending News