२०८३ भाद्र १७, बुधबार १५:५९

प्रतिनिधिसभा बैठकले रसुवा बाढीबारे विशेष प्रस्ताव पारित गरेको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोल प्रसाद अर्यालले राख्नुभएको रसुवा बाढीसम्बन्धी विशेष प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । विशेष प्रस्ताव प्रस्तुत गर्दै सभामुख अर्यालले रसुवा बाढीको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गर्नुभयो । उहाले प्रभावित नागरिकहरूको मानसिक स्वास्थ्य र मनोसामाजिक अवस्थाप्रति संवेदनशील बन्दै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय शोकको घडीमा तीनै तहका सरकार, सबै राजनीतिक दल र संयन्त्र परिचालन गरी बेपत्ताको खोजी, उद्धार, विस्थापितको पुनस्र्थापना र घाइतेहरूको उचित उपचार प्रबन्ध मिलाउन उहाले सरकारलाई निर्देशन दिनुभयो ।

बैठकले रसुवा बाढीमा परेर निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मौनधारण गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक भाद्र १८ गते बिहीबार बोलाइएको छ ।

Comment

Related News

Latest News

Trending News