२०८३ भाद्र १७, बुधबार १८:२५

रसुवा बाढीमा परि बेपत्ता भएकाहरुका आफन्तहरुले कुशको शव बनाएर दाहसंस्कार गर्न सुरु गरेका छन् ।

बाढीमा परेर बेपत्ता भएको धेरै दिन हुँदा समेत शव फेला नपरेपछि आफन्तहरुले कुशको शव बनाएर दाहसंस्कार गर्न सुरु गरेका हुन् । बेपत्ता भएकाहरुका आफन्तहरुले बुधबार पशुपति आर्यघाटमा कुशको शवको प्रतिमा बनाएर अन्तिम संस्कार गरेका थिए । पशुपति क्षेत्र बिकास कोषले निशुल्क रुपमा दाहसंस्कार गर्ने व्यवस्था मिलाएको छ । रसुवा बाढीमा परि करिव चार हजार बेपत्ता छन् भने ११ सय १४ जनाको मात्रै शव फेला परेको छ ।

Comment

Related News

Latest News

Trending News