२०८३ भाद्र १८, बिहीबार १६:४८

प्रधानमन्त्री कृषि आधुनिकीकरणअन्तर्गत साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रममा अनियमितता गरेको आरोपमा सिराहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

आर्थिक वर्ष ०७८/७९ मा गाउँपालिका र प्रगतिशील कृषक समूह औरही– ४ बिच १५ लाख रुपैयाँ लागतमा माछा पकेट विकास कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको थियो। उक्त कार्यक्रमअन्तर्गत माछाको भुरा, दाना, चुनालगायतका सामग्रीहरू तोकिएको मापदण्ड र सम्झौताअनुसार किसानहरूलाई वितरण नगरी कम परिमाणमा वितरण गरिएको अख्तियारको दाबी छ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, पशु शाखा प्रमुख पशु अधिकृत रमेशनारायण शर्मा, लेखापाल आशिषकुमार कामती र कृषक समूहका अध्यक्ष रामभजन यादवले मिलेमतोमा काम पूरा भएको भनी झुट्टा बिल भर्पाइ तयार पारी गाउँपालिकालाई आठ लाख दुई हजार ८७८ रुपैयाँ हानि पुर्‍याएको आरोपपत्रमा उल्लेख छ।

Comment

Related News

Latest News

Trending News