२०८३ भाद्र २०, शनिबार ०८:१०

नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज, उद्धार तथा जनधनको क्षतिको पछिल्लो विवरण सार्वजनिक गरेको छ। प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाढीका कारण हालसम्म स्वदेशी र विदेशी गरी कुल ४,८९८ जना बेपत्ता भएका छन्।

बेपत्ता हुनेहरूमा स्वदेशी नागरिकतर्फ २,४४८ पुरुष र ४८२ महिला गरी २,९३० जना रहेका छन् भने १,३५० जना फोन सम्पर्कमार्फत बेपत्ताको सूचीमा दर्ता भएका छन्। त्यस्तै, विदेशी नागरिकतर्फ २७४ पुरुष र ३८४ महिला गरी ६९८ जना बेपत्ता भएका छन्।

बाढी प्रभावित क्षेत्रमा हालसम्म १,३४४ वटा शव फेला परेका छन्। जसमा ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरुष र ५०१ जनाको आंशिक अङ्ग रहेका छन्। फेला परेका शवमध्ये १,०३० वटाको जमिनमा गाडेर व्यवस्थापन गरिएको छ।

उद्धार कार्यका क्रममा हालसम्म कुल ८,६३१ जना घाइते तथा प्रभावितको उद्धार गरिएको छ। जसमा स्वदेशी ७,३८७ जना र विदेशी १,२४४ जना रहेका छन्। साथै, बाढी प्रभावित ३,६५५ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ।

शवहरूको पहिचानका लागि डिएनए संकलनको काम पनि अघि बढाइएको छ। हालसम्म १,२६० मृतक र ९७२ मृतकका आफन्त गरी कुल २,२३२ वटा डिएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ। वेबसाइटमा पहिचान नभएका १,२७० जनाको विवरण अपलोड गरिएको छ।

Comment

Related News

Latest News

Trending News