नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशव्यापी भ्रमणमा निस्कने बताएका छन् । कांग्रेस भक्तपुरले बुधबार १३३ औं बीपी जयन्तीको अवसरमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका पूर्वसभापति देउवाले देशव्यापी भ्रमणमा निस्कने घोषणा गरेका छन् ।
‘जिल्ला, गाउँ, सबै ठाउँमा भ्रममा परेका जो साथी होलान् सबैलाई आफ्नो पक्षमा ल्याउँदै म पनि छिट्टै नै देशभरि घुम्छु ,’ पूर्वसभापति देउवाले भने । एनले सर्वोच्च अदालतबाट आफूलाई न्याय मिल्नेमा विश्वस्त रहेको पनि बताए । पूर्वसभापति देउवाले भने, ‘म देशभरि घुमेर फेरि जनताको पक्षमा जाने विश्वास दिलाउँदै, जो लाग्नु भएको छ, उहाँहरूलाई हार्दिक धन्यवाद दिँदै फेरि पनि सर्वोच्च अदालतबाट हामीलाई न्याय मिल्ने छ भन्ने विश्वास व्यक्त गर्छु ।’ विदेशबाट उपचार गरेर स्वदेश फर्किदा पाएको माया आफूले मात्रै नभएर सबै कांग्रेसका सच्चा कार्यकर्ताले पाएको पूर्वसभापति देउवाको भनाइ थियो । उनले भने, ‘म काठमाण्डु आउँदा जुन किसिमको नेपाली जनताको माया, सद्भावना र समर्थन मैले पाप्त गरेँ । त्यो मैले पाएको होइन, सबै साथीहरूले पाउनुभएको हो नि,’ पूर्वसभापति देउवाले अघि थप्दै भने, ‘तपाईंहरूले पाउनुभएको हो ।
नेपाली कांग्रेसका सच्चा कार्यकर्ताले पाउनुभएको हो ।’ पूर्वसभापति देउवाले जनताले दिएको मायालाई सबैले आफूले पाएको माया सम्भिएर अगाडि बढ्नुपर्ने बताए । ‘त्यसकारण हामी सबै लागेर जनताले दिएको मायालाई हामी सबैले आफूले पाएको माया भनिठानेर अगाडि बढ्नुपर्छ,’ उनले भने । विशेष महाधिवेशनमा भाग लिनेहरूको सनाखत नै नभएको तथा निर्वाचन आयोगका प्रमुख आयुक्तले समेत आफ्नो ज्यानलाई खतरा भएपछि निर्णय गरेको बताएका देउवाले बताए । उनले १० भदौमा रसुवाको भोटेकोशी बाढीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिप्रति दुःखसमेत व्यक्त गरे ।


