रसुवा बाढीमा परी मृत्यु हुनेको संख्या हजार तीन सय ७७ पुगेको छ।
हालसम्म एक सय चार वटा शवको मात्र सनाखत भएको छ। बाँकी शवको सनाखत हुन सकेको छैन। शवहरू चिनिने अवस्थामा नभएपछि सनाखत गर्न गाह्रो भएको हो। भदौ १० गते आएको रसुवा बाढीले रसुवा जिल्लासहित, नुवाकोट, धादिङ, चितवनलगायतलाई अकल्पनी क्षति गरेको थियो। बाढीमा परी हालसम्म पाँच हजार एक सय ३० जना अझै बेपत्ता रहेका छन्। उनीहरूको खोजी कार्य भइरहेको भए पनि पछिल्लो दिनमा भेटिने सम्भावना कम बन्दै गएको छ। विभिन्न जलविद्युत आयोजनाका सुरुङमा फसेकाहरूको बाढी गएको १६ दिनसम्म खोजी पूरा हुन सकेको छैन।
यस्तै हालसम्म घाइते तीन सय ३३ जना रहेका छन्। उनीहरूमध्ये उपचारपछि दुई सय ५६ जना घर फर्किएका छन्। बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। १३ हजार छ सय ५६ जना हालसम्म उद्धार गरिएको छ। अझै पनि उद्धार कार्य जारी रहेको छ। रसुवा, नुवाकोट र धादिङमा गरी ३७ वटा होल्डिङ सेन्टरमा बाढी प्रभावितलाई राखिएको छ। बाढी प्रभावितलाई हाल राहत सामग्री वितरण भइरहेको छ।
उनीहरूको दीर्घकालीन पुन:स्थापनाका लागि सरकारले गृहकार्य गरिरहेको छ।


