२०८३ भाद्र २६, शुक्रबार ०६:५१

प्रधानमन्त्री बालेन्द्र साहको कार्यकाल ६ महिना पुरा नहुँदै दुई जना मन्त्री हटाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले बिहीबार राजीनामा दिएकी छन् । उनले बुधबार संसदीय समितिको बैठकमा दिएको अभिव्यक्तिले विवादमा तानिएकी थिइन् ।

‘हामीसँग ग्यास उद्योग ५८ वटा छ । अब ५९ वटा बनाउने हो कि होइन ?, समितिमा प्रश्न गर्दै मन्त्री यादवले भनेकी थिइन् ‘हाम्रो जस्तो देशमा दुई वटाभन्दा बढी ग्यास उद्योग चाहिएको छैन ।’ समितिमा बोलिरहेकै बखत उनले आफूलाई मन्त्रीबाट हट्नु पर्ने संकेत गरेकी थिइन् । उनले धेरैमा दुइटाभन्दा बढी ग्यास उद्योग नचाहिने पनि बताएकी थिइन् । ‘सबै उद्योग खारेज गर्नुपर्छ’ उनले भनिन्, मैले धेरै अगाडिसम्म गएर बोलेँ, किनभने म यो देशलाई हाँसेको हेर्न चाहन्छु यसले मलाई धेरै प्रभाव पनि पार्छ, मलाई थाहा छ ।’ समितिमा बोलेको विषयले आफूलाई नराम्रो बनाउने थाहा भएको समेत उनले बताएकी थिइन् ।

यादवले राजीनामा दिनुभन्दा अघि दुईजना मन्त्री हटेका थिए । मन्त्री दीपक साहलाई सरकारले बर्खास्त गरेको थियो । उनकी पत्नी स्वास्थ्य सम्बन्धी एउटा समितिमा रहेको कारण बर्खास्त भएका थिए । सुधन गुरुंग आर्थिक विवादमा परेर राजीनामा गरेका थिए । तर सरकारले छानबिन समिति गठन गरी त्यसको प्रतिवेदनलाई आधार बनाएर उनलाई पुनः सरकारमा ल्याइसकेको छ । राजीनामा दिएर केही समय सरकार बाहिर रहेका गृहमन्त्री गुरुंग पुनः सोही मन्त्रालयमा फर्किसकेका छन् ।

उद्यमी व्यवसायीका कारण बजारमा ग्यास अभाव र कालोबजारी हुने गरेको अभिव्यक्ति दिएर विवादमा तानिएकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आफैँ राजीनामा दिएकी छन् । बिहीबार प्रधानमन्त्री बालेन्द्र (बालेन) साहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटेर मन्त्री यादवले राजीनामा बुझाएकी हुन् ।

गत चैत २७ गते मन्त्री बनेकी यादव यसअघि पनि विवादमा मुछिएकी थिइन् । पेट्रोलको मूल्य बढ् दा मन्त्री यादवले नै सूचना चुहाएको आरोप लागेको थियो । त्यस्तै उनलाई पक्राउ गर्न प्रधानमन्त्रीको कार्यालयले प्रहरी नै खटाएको समाचार समेत सार्वजनिक भएको थियो । संसद्को उद्योग समितिमा मन्त्री यादवले ग्यास अभाव हुनुमा उद्यमी व्यवसायीको बदमासी प्रमुख कारण रहेको बताएकी थिइन् । उनले कर्मचारीले समेत आफूलाई सहयोग नगरेको तथा करोडौँ पैसा दिएर लाइसेन्स दिएको गुनासो गरेकी थिइन् ।

मन्त्री यादवले समितिमा यस्तो बताएको २४ घण्टा नबित्दै राजीनामा गरेकी छन् । बुधबारको समिति बैठकमा मन्त्री यादवले कर्मचारीबाट समेत आफूलाई असहयोग हुँदा केही काम गर्न नसकेको भन्दै कर्मचारीहरू उद्योगीको इसारामा मात्र चल्ने गरेको आरोप लगाएकी थिइन् । त्यसो त नियमित आपूर्ति भए पनि लामो समयदेखि ग्यासको अभाव हुँदै आएको थियो । पछिल्लो पटक कृष्णभिरमा पहिरो गएपछि आयात थप प्रभावित बनेको थियो । एकातिर रसुवा बाढीको विपत्ति अर्कोतिर उपभोक्ताले ग्यास नपाएपछि सरकारको चर्को आलोचना हुँदै आएको थियो । ‘मलाई एकदमै नराम्रो बनाउला, आज म यो विषयमा यति अगाडिसम्म बढेर बोल्दा’ उनले भनेकी थिइन्, तर देशको लागि गर्ने हो भने यो हामीले बुझ्नै पर्ने कुरा हो, पार्टीको कुरा होइन, देशको कुरा हो । जब देशको कुरा आउँछ नि, त्यो पार्टीभन्दा अगाडि बढेर गर्नैपर्छ । अब जे भन्नुहुन्छ म त्यही गर्छु, तर त्यो उद्योगीहरूलाई पाता नफर्काएसम्म यो ग्यास सहज हुँदैन भनेर मेरो अन्तिम विश्लेषण यही हो । मन्त्री यादवले उद्यमीहरुलाई कर्मचारीले करोडौँ लिएर उद्योगको लाइसेन्स दिएको हुनसक्ने बताएकी थिइन् । ‘उद्योगीहरू पनि त्यो करोडौँ त उठाउनुपयो नि ‘ उनीहरू उठाइरहेको छ’, मन्त्री यादवको भनाइ थियो ।

मन्त्री यादवको उक्त अभिव्यक्तिको नेपाल उद्योग वाणिज्य महासंघ, ग्यास उद्योगीलगायतले आलोचना गरेका छन् । यस अघि भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले ठेकदारहरुको खुट्टा भाँच्ने अभिव्यक्ति दिएर विवादमा परेपनि राजिनामा गर्नु परेको थिएन । मन्त्री लम्सालको चौतर्फी विरोध भएको थियो ।

Comment

Related News